हेटौंडा । हेटौंडा एडभेञ्चर क्लबको अध्यक्षमा पुनः सुशिल सुवेदी सर्वसम्मत चयन भएका छन । शनिवार हेटौंडा – १८ स्थित गुम्बाडामा भएको क्लबको प्रथम साधारणसभाले अध्यक्षमा सुवेदीलाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै साधारणसभाले सुवेदीको अध्यक्षयतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमध्ये उपाध्यक्षमा पुरुषोत्तम रिमाल ,सचिव मनोज कुमार गौतम ,सहसचिव सिताराम तिमल्सिना ,कोषाध्यक्ष जमुना गौतम चयन गरेको छ । यस्तै साधारणसभाले क्लबको कार्यसमिती सदस्यहरुमा अशोक चौलागाईं, निसना आचार्य, लक्ष्मी अधिकारी, ओम प्रसाद फुयाल,अप्सरा पौडेल,बिक्रम लुईटेल र बिजयराज थिङलाई चयन गरेको हो ।
बागमती प्रदेश सभा सदस्य तथा पूर्व खानेपानी,उर्जा तथा सिचाइ मन्त्री माननीय एकालाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उनले क्लबले समाजिक र पर्यटकीय क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि रचनात्मक कार्यहरूको निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा हेटौंडा – ७ का निवर्तमान वडा अध्यक्ष राजन थापा, टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा, समाजसेवी सुबोध रिमाल, उर्मिला श्रेष्ठ, क्लबका सल्लाहकार किरण लामिछाने र प्रेम प्रसाद चौलागाईं लगायतका अतिथ्यता रहेको थियो ।




















