हेटौंडामा चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रिमियर शो हुने

हेटौंडा । मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा बनेको तामाङ कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ । २० पुषमा हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरको रुपमा पहिलो शो गर्ने तयारी गरिएको चलचित्र टिमले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रेम कथामा आधारित चलचित्रको ट्रेलर सोही दिन एचएमएम मिडिया युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको नायक तथा निर्देशक हुत्त संजय लामाले जानकारी दिए।

लोसाङ लामा र इकेश लामा निर्मित चलचित्रमा बिस्वजंग माझीले सह(निर्देशकको भुमिका निभाएका छन्।  प्रज्वल राउतको छायाँकनमा बनेको चलचित्रमा  सागर दोङ तामाङको संगीत रहेको छ ।

कार्यक्रमा तामाङ पत्रकार संघं बागमती प्रदेश, ज्ञानेन्द्र लामा, सचीव दिल बहादुर रुम्बा, चलचित्र पत्रकार संघ मकवानपुर उपाध्यक्ष श्रीराम अर्जुन दाहाल, तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामा, नेपाल तामाङ संस्कृति घेदुङ मकवानपुर अध्यक्ष अजय गोले, नेपाल पत्रकार महासंघ मकवानपुर सहसहचिव सन्नु रिजाल, नेपाल पत्रकार महासंघ मकवानपुर सदस्य सरोज पौडेल, चलचित्र टिम नायक हेमकुमार तितुङ, नायिका सुनिता लुङ्बा, नायिका तारा थोकर, माया डोल्मा लामा, मनिका सिन्तान, राजकुमार तामाङ, जगत बं. मोक्तान र हिरा बहादुर मुक्तान लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.