हाम्रो वडा नं. ५
बेनीघाट रोराङ गाउँपालिका ५ नं. वडा कार्यालय बेनीघाट, धादिङ, वागमती प्रदेश, नेपाल

१.रोराङ राम्रो फुलबारी हाम्रो केन्द्रमा वडा पाँच
सिद्धलेक अनि गण्डकी गा.पा. छिमेकी हाम्रो साँध,
घरधुरी सङ्ख्या सात सय अनि ६५ रहेका छन्
११. २२ क्षेत्रफल भित्र ४ हजार ज. स. छन् ।

२.पूर्वको सीमा गौमती खोला ३ नम्बर वडा छ
पश्चिममा छ नि चरौदी खोला ७ नम्बर खडा छ,
पवित्र गड्गा त्रिशुली बग्छिन उत्तरमा सलल
दक्षिणमा त्यस्तै ४ र ६ वडा सम्झना झलझल ।

३.ब्राह्मण क्षेत्री चेपाङ र नेवार दलितको फूलबारी
मै माली बनी बसौला बरु बिर्सनु कसरी,
नेपाली खाम्जी गुरुङ नेवारी भाषाको खानी छ
दशैं र तिहार लोसार र छोनाम चाडपर्व मानिन्छ ।

४.स्मार्ट सिँचाइ नहर र कुलो किसानको दैलोमा
थोरथोरै खाने बचेको बेच्ने आम्दानी थैलोमा,
बाहुनटार अनि विशालटार धान मकै झपक्कै
जनगाउँ ग्याजा गोलभेडा खेती राताम्य छपक्कै ।

५.करेला लौका भन्टा र मुला बोडीको तरकारी
गाउँ गाउँमा कृषि सहकारी हजुर युवालाई रोजगारी,
नासपाती लिची कागती आँप बगैंचा फलैको
स्वस्थ फलाउँला बाँडेर खाउँला स्वास्थ्यलाई भलाइको ।

६. पूर्वमा गौमती पश्चिममा पशुपती बीचैमा गौरीशंकरधाम
साततले देवी तिनकन्यादेवी दर्शन गर्न जाम,
६ वटा स्कुल क्याम्पस १ छ शिक्षाको ज्ञान दिने
अस्पताल अनि साधना केन्द्र स्वास्थ्यमा ध्यान दिने ।

७. दुध चिस्यान केन्द्र कृषकको आशा चरौदी बजार
तयार छ आज सबैको साझा पालिका दरबार,
८२ सम्म एक घर एक धारा छ नीति लिएको
शित भण्डार केन्द्र प्रदेश सरकारले उपहार दिएको ।

मेनुका लामिछाने
(वडा सचिव)
बेनीघाट रोराङ गा.पा. वडा नं. ५, बेनीघाट, धादिङ
0१0-४१६०१२
benighat05@gmail.com

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.