हेटौंडामा सवारी दुर्घटना हुँदा कांग्रेस चोकका केसी गम्भीर घाइते

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा तेल लोड ट्यांकर गाडीले अटोलाई ठक्कर दिँदा अटो चालक गम्भीर घाइते भएका छन् ।

आइतबार अपरान्ह ०४:४० बजे हेटौंडा-१५, रातोमाटे स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडा आउँदै गरेको ना ७ ख ३७०९ नम्बरको तेल लोड ट्याङकरले हेटौडाबाट चुरियामाई तर्फ जाँदै गरेको ना.२ ह १८७५ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार हेटौडा-२ काँग्रेस चोकका ६० वर्षीय अटो चालक कृष्ण के.सी. गम्भीर घाइते भएका हुन्। टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर अचेत अवस्थामा रहेको उनको उपचारको लागी हेटौडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

उनलाई थप उपचारको लागी बेलुका ०६:०० बजे सिएमसी नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीको भनाई छ। यस्तै, दुबै सवारी साधन र सिन्धुली कमलामाई-६ का ४९ वर्षीय बुद्धी बहादुर स्याङ्तान प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.