हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।
आइतबार बिहान ०७:०० बजे बकैया ५ तिनतल्ले स्थित मदन भण्डारी लोकमार्गमा हेटौडा बाट फापरबारीतर्फ सिमेन्ट लोड लिई जाँदै गरेको ना ५ ख ४६५६ नम्बरको ट्रक अचानक ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनामा टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएका चालक हेटौंडा-१४ मयुरधापका ४० वर्षीय रबि थापा मगर र अनुहार र खुट्टामा चोट लागेर घाइते चालकका छोरा १३ वर्षीय रिहान थापा मगरकोको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। सो ठाउँमा बाटो अबरोध नभएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

















