हेटौंडा । मकवानपुरको राक्सिराङको एक घरमा अचानक आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। शुक्रबार बिहान ०९:०० बजे राक्सिराङ ६ सिलाङगेका दुर्गा लाल प्रजाको माटो र ढुंगाले बनेको फुसको घरमा खाना पकाउने क्रममा एक्कासी आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको हो।
घर भित्र रहेको अन्नपात, लत्ताकपडा र भाँडा वर्तन जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार मानवीय तथा चौपाया क्षति भएको छैन। यस्तै, आगो स्थानिय बासिको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्

















