हेटौंडा । हेटौंमा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ। बुधबार दिउँसो ०२:३० बजे हेटौंडा उपमहानगरपालिका ११, गोल्पिङटारका ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै घरको तला थप्नको लागी पिल्लरको काम भइरहेको अवस्थामा सडक पारीबाट फलामको रड ल्याउने क्रममा घर नजिकैको ११ हजार भोल्ट करेन्ट लागरे मिया गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उपचारको लागी सिएमसि चुरेहिल अस्पताल मकवानपुर ल्याइएको मियाको उपचारको क्रममा दिउँसो ३:०० बजे डाक्टरले मृत्यु घोषणा गरेको प्रहरी जनाएको छ।
प्रहरीका अनुसार मृतकको शव हेटौडा जिल्ला अस्पतालमा ल्याई शवगृहमा राख्ने तयारी गरिएको र घटना बारे थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्















