भरूवा बन्दुक सहित दुई जना पक्राउ

हेटौंडा । दुई फरक-फरक ठाउँबाट १/१ थान भरूवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगाका ओम प्रकाश यादव र अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुबेर केसीलाई भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी यादवलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यस्तै, इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले केसीको घरको छाना माथि लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.