हेटौंडा १२ उपनिर्वाचन: सर्वदलीय बैठक सकियो, ९ बजे देखि मतगणना सुरु

हेटौंडा । हेटौंडा १२ मा भएको मतदान सम्पन्न भएसँगै गणणाको लागि सिद्धार्थ माविमा मतपेटिका ल्याइएको छ। मतगणना सम्बन्धमा छलफलका लागि बसेको सर्वदलीय बैठक सकिएको छ।

सर्वदलीय बैठकले राती ९ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा ७ मिनेट बिहान ७ बजेर ७ मिनेटमा सुरु भएको मतदान ५ बजे सक्किएको थियो ।

दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १६३६, पुरुष १३७२ अल्पसंख्यक १ र खामबन्दी ३ गरी जम्मा ३०१२ मत खसेको छ ।

जसमा, ४४२८ मतदाता रहेका थिए । यता भोर्ले स्थित विष्णु ज्योती आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १२९१ पुरुष ११८३ गरी २४६४ मत खसेको छ । त्यहाँ ३६२५ मतदाता रहेका थिए । दुवै केन्द्रमा ५ हजार ४८६ मत खसेको छ । जुन मत जम्मा मतको ६८.१२ प्रतिशत हुन आउछ ।

८ हजार ५३ मतदाता रहेको वडामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

दलबाट एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । अब मतपेटिका ढुवानी गरी हेटौडा २ स्थित मतगणना स्थल सिद्धान्त मावि ल्याइने छ । सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई जनाएकी छिन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.