मकवानपुर । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ मन्दिरमा भजनकीर्तन गर्नका लागि स्थानीय समाजसेवी युवा रबिन ढकालले हार्मोनियम सहयोग गरेका छन् । हार्मोनियमको अभावमा भजनकीर्तन गर्न समस्या भएको जानकारी पाएपछि सहयोग उपलब्ध गराएको ढकालले बताए ।
कुशल सप्लायर्सका संचालक ढकालले बजारमूल्य करिव ४० हजार रुपैयाँ पर्ने हार्मोनियम सहयोग गरेको पशुपतिनाथ मन्दिर ब्यवस्थापन समिति अध्यक्ष शारदा बिडारीले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस्

















