मकवानपुरगढीद्वारा कृषकलाई अनुदान

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो ।
गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार चालु आवदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिइने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।

उनका अनुसार जमिन भाडामा लिई खेती गर्ने कृषकलाई गाउँपालिकाले भाडा बापतको रकम अनुदान दिनेछ । ‘‘आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बनाइसकेका छौँ”, गाउँपालिका अध्यक्ष स्याङ्तानले भने,‘‘ सोही कार्यविधि बमोजिम जग्गा भाडामा लिई खेती गर्ने कृषक, कृषक समूह, सहकारी समिति, कृषि फर्महरूलाई भाडा बापतको रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।”

जग्गा भाडामा लिए बापत गाउँपालिकाले प्रति रोपनी रु। दुई हजारका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाई छ । विपन्न, सीमान्तकृत, दलित, जनजाति तथा बेरोजगारको सूचीमा रहेकालाई विशेष प्राथमिकता दिएर अघि बढाएको उक्त कार्यक्रम अन्तर्गत कृषकलाई भाडा बापतको रकम उपलब्ध गराउन पालिकाले चालु आव २०८१८२ मा रु . छ लाख बजेट विनियोजन गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.