हेटौंडा। हेटौंडा–१८ स्थित वैदिक संस्कृत गुरुकूलका विद्यार्थीका लागि पठनपाठनका लागि बेञ्च र खाद्यान्न सहयोग गरिएको छ । हेटौंडामा केही समयअघि सञ्चालनमा आएको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले विद्यार्थीहरुको पठनपाठनका लागि बेञ्चको आवश्यक रहेको जानकारी प्राप्त भएपश्चात् उपलब्ध गराइएको संस्था सचिव राजेश थापा क्षेत्रीले जानकारी दिए ।
केही समयअघि त्यस विद्यालयमा पुग्दा विद्यार्थीहरु भुइँमा बसेर पढेको देखेपश्चात् संस्था उपाध्यक्ष हेटौंडा-२, मानसचोक निवासी रामविक्रम थापालगायत थापा परिवारले ५ वटा बेञ्च र ५ वटा कुर्सी हस्तान्तरण गरेका हुन् । त्यससंगै संस्थाका अध्यक्ष विशालराज महतले आलु, दाल र तेल हस्तान्तरण गर्नुभएको होब। सबै गरी करिब ६० हजारबराबर सामग्री हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य तोयनाथ तिमल्सिनाले गुरुकूलको उच्च मूल्यांकन गर्दै शिक्षालाई सहयोग गर्न हात अगाडि बढाएकोमा हर्षित भएको भन्दै खुशी व्यक्त गरे । जनै लगाउनेले मात्र नभइ जुनसुकै धर्म र समुदायकाले उक्त स्थानमा पठनपाठन गर्न पाउने उहाँले बताए । मनकारी व्यक्तिहरुको सहयोगबाट उक्त विद्यालय चल्दै आएको उहाँले बताए।
संस्था अध्यक्ष विशालराज महतले संस्थाले केही समय अघिदेखि सामाजिक गतिविधिहरु गर्दै आएको बताउँदै विभिन्न विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिसकिएको बताए । शिक्षाक्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनासाथ विद्यालयमा सहयोग गरिएको उहाँले बताए । जन्मदेखि मृत्युसम्म सँस्कृत विद्या आवश्यक रहेकाले पनि यसको महत्व अमूल्य रहेको उहाँको भनाइ छ ।
आश्रमका प्रधानाध्यापक खगेन्द्र कोइरालाले असोज ७ गते नगरको शिक्षा महाशाखाबाट अनुमति लिइएको र कक्षा(१२ सम्म पढाउने लक्ष्य रहेको बताए । मुठीदानकै भरमा विद्यालय चलिरहेको उहाँले बताए । सनातन धर्म मान्ने सबैले स“स्कृत विद्या पढ्न पाउनुपर्छ भन्ने उद्धेश्यका विद्यालय सञ्चालन गरिएको उनले बताए। हाल आश्रम सञ्चालन रहेको भवनमा यसअघि ज्योति माध्यमिक विद्यालय सञ्चालनमा थियो ।
जीर्ण भवन मर्मत सम्भार गरेर आश्रम सञ्चालनमा ल्याइएको हो ।
सँस्कृति र सँस्कार जोगाउने उद्धेश्यले आश्रम सञ्चालनमा ल्याइएको वैदिक वानप्रस्थ आश्रमका प्रधानाध्यापक कोइरालाले बताए। विहान ११ बजेदेखि ३ः३० बजेसम्म पठनपाठन गराउनुपर्ने तालिका आश्रमले बनाएको कोइरालाले बताए । तर, शिक्षकलाई बिनापारिश्रमिक खटाउनुु पर्दा समयमै शिक्षक उपस्थित नहुने र कहिलेका“ही त नआउने गर्दा पठनपाठनमा समस्या हुने गरेको जानकारी उहाँले बताए । आश्रममा खाद्यसामग्री, शैक्षिक सामग्री पनि अभाव हु“दा सहयोगीदातालाई सहयोगको अपिल गरिएको छ ।
हस्तान्तरण कार्यक्रमका आश्रमका प्रधानाध्यापक कोइराला, ठुलोदमार टोलविकास अध्यक्ष कुमार महत, वन उपभोक्ता समिति अध्यक्ष दामोदर बानियाँ, संस्था उपाध्यक्ष रामविक्रम थापा, सदस्य हरिबहादुर कँुवर, सल्लाहकार गणेश अधिकारी, टोलविकास संस्था नगर समन्वय समिति कार्यालय सचिव इशा थापालगायतको उपस्थिति थियो । गुरुकूलमा १८ विद्यार्थी अध्ययनरत् रहेकामा अधिकांश विद्यार्थी दलित समुदायका छन् ।
यहाँ अध्ययनरत विद्यार्थीहरु विहान र बेलुकी कक्षाकोठामा स्वरमा स्वर मिलाएर मन्त्रोच्चारण गरेर पढ्न थाल्छन् । ज्ञानार्जन गर्न कुनै जात, धर्म, लिंग र सम्प्रदायले छेक्दैन भन्ने गतिलो उदाहरण हेटौंडाको उक्त गुरुकूलले प्रस्तुत गरेको छ । दलित समुदायका विद्यार्थी रुचिपूर्वक सँस्कृत अध्ययन गरिरहेका छन् । स“स्कृत अध्ययन गर्ने विद्यार्थीहरु मकवानपुरका मात्र छैनन्, अन्य जिल्लाका समेत छन् । अंग्रेजी, ज्योतिष विज्ञान, नीतिशास्त्र, वेद, गणित, रुद्रिजस्ता विषयका पढाइ भइरहेको छ ।


















