हेटौंडा । मकवानपुरको मनहरी-६ प्रतापुरमा सावेल प्रहारबाट एकको मृत्यु भएको छ । बिहिवार राती प्रतापुर लच्काका ३४ वर्षीय अम्मर बहादुर लोप्चनले आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी सावेल प्रहार गरि घाईते बनाएका स्थानीय ५० वर्षीय जित बहादुर मोक्तानको मृत्यु भएको हो।
दुबै जना संगै मजदुरी काम गर्ने र प्रायस् जसो दुबै जना लोप्चनकै घरमा सुत्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन्। टाउको र दुबै खुट्टामा चोट लागेको अवस्थाको गम्भिर घाइते मोक्तानलाई उपचारको लागी भरतपुर सरकारी अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सावेल सहित लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। मोक्तानको उपचारको क्रममा मृत्यु भएको र शव चितवन स्थित सरकारी अस्पतालमा नै रहेको प्रहरीको भनाई छ।
प्रतिकृया दिनुहोस्

















