हेटौंडा । नेपाल विद्यार्थी संघले बागमती गाउँपालिका ५ नम्बर वडामा रहेको देवकी मावि (प्राबिधिक शिक्षालय) मा नयाँ इकाई समिति गठन गरेको छ । संघले आफ्नो इकाई बिस्तार कार्यक्रम अन्तर्गत उक्त माविमा इकाई समिति गठन गरेको हो ।
उक्त माविको विद्यार्थी भेलाबाट अनमोल तितुङको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । यस्तै, भेलाबाट उपाध्यक्षमा चन्द्री माया मोक्तान, सचीवमा पवन दर्लामी, सहसचीवमा सजन थिङ र कोषाध्यक्षमा बिमला घिसिङ लगायतका पदाधिकारी चयन भएका छन्।
यसैगरी, भेलाले बिकास गोले, सन्जिब गोले, बिजय घिसिङ, सन्जय माझी, अनमोल पाख्रीन, रबिन्द्र तितुङ, रेनुका राना मगर, बिष्णु रुम्बा, सुकुमाया गोले, मनमाया हिमडुङ, बिन्दिया माझी, मनिषा गोले, शान्ति माया पाख्रीन, बिबि माया घिसिङ, अन्जना जर्गा मगर, जुनकिरी माया घिसिङ र नवीन राई लगायतका कार्यसमिति सदस्य चयन गरेका हुन्।
नेविसंघ मकवानपुर जिल्ला सचीव सुनिल भोम्जनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ‘क’ सचीव संकर कुमार पराजुली, नेपाली कांग्रेस बागमती गाउँपालिका सचीवद्वय चिज कुमार परियार र सुदिप पाख्रीन, नेपाली कांग्रेस नेताहरु जय ब. वाईबा, प्रकाश घलान लगायतका उपस्तिथि रहेको थियो । कार्यक्रम नेविसंघ विद्यार्थी नेता बसन्त घोरासैनीको सभाध्यक्षतामा सम्पन्न भयो ।

















