उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग संघको अन्तरक्रिया कार्यक्रम

हेटौंडा । घरेलु तथा साना उद्योग संघ मकवानपुरले हेटौंडामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सोमबार संघले उद्योग दिवस २०८१ को अवसरमा ‘वर्तमान अवस्थामा घरेलु तथा साना उद्योगको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

मकवानपुरका करिब ३ दर्जन उद्योगी सहभागी उक्त कार्यक्रममा उद्योगीहरुले वर्तमान अवस्थामा घरेलु तथा साना उद्योग चलाउने क्रमका आफ्ना विविध चुनौती बारे अन्तरक्रिया गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहकी बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रि शुक माया तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै आफू पनि एक उद्योगी भएकोले सबै उद्योगीको समस्या उनको पनि समस्या रहेको बताएकी छन् ।

उनले उद्योगीको कतिपय समस्या संबोधन गर्न प्रदेश सरकारको कार्य क्षेत्राधिकार भित्र नपर्ने समस्या रहेको बताइन् । उनले भएका केही विध्येयक संशोधन गर्नुपर्ने बताउँदै संघिय सरकारसंग आवस्यक समन्वय भइरहेको जानकारी गराइन् ।

उद्योग तथा वाणिज्य कार्यालय मकवानपुर प्रमुख राम प्रसाद भुसालको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा चेम्बर अफ कमर्स मकवानपुर अध्यक्ष माधव न्यौपाने, उद्योग वाणिज्य संघ मकवानपुर उपाध्यक्ष प्रमोद सिंह रानाभाट, उद्योग संघ मकवानपुर अध्यक्ष बद्रीनाथ शर्मा, नेपाल घरेलु तथा साना उद्योग संघ बागमती प्रदेश महिला उद्यमी समिती महासचिव गिता मैनाली लगायतले मन्तव्य राखे। कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग संघ मकवानपुर अध्यक्ष कुमार पौडेलको सभाध्यक्षतामा सम्पन्न भयो ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.