हेटौंडा । हेटौंडामा टि–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुरको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
१२ मंसिरमा उद्घाटन हुने प्रतियोगिताको १५ मंसिरमा समापन हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । आयोजकका अनुसार हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा बागमती र मधेस प्रदेशका १६ टिमले प्रतिस्पर्धा गर्ने छन्। नकआउट प्रणालीमा हुने उक्त खेलको प्रत्येक टिममा १५ जना खेलाडी रहने खेलका सह–संयोजक प्रमोद मानन्धरले जानकारी दिए ।
उनका अनुसार ६ लाख रुपैयाँको लागतमा सञ्चालन हुने प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै, उत्कृष्ट ब्याट्स म्यान, बलर, म्यान अफ द म्याच र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

















