हेटौंडा । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारीे घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । आफ्ना चुनावी एजेण्डा र वडाको समग्र विकासका योजना सहित तिवारीले हेटौैंडा–१२ का मतदाताहरुसंगको भोटघाटमा तिव्रता दिएका हुन् ।
नागरिकको समस्या र गुनासो सुन्ने तथा विकासका योजना निर्माणमा स्थानीय नागरिकहरुसंग अन्तरक्रिया गर्दै तिवारीले आफ्ना चुनावी कार्यक्रमहरु अघि बढाइरहेका छन् । भाषणमा भन्दा पनि काम गर्नुपर्ने भएकाले नागरिकहरुको आवश्यकता सम्बोधन गर्ने आफू मतदाताको घरघर पुगिरहेको उनले बताए ।
विगतमा पनि वडाको विकासमा आफूले पदमा नरहदाँ समेत भुमिका खेलेको उनले नागरिकहरुको इच्छा अनुसारको वडा निर्माणमा अघि बढेको उनको भनाई छ । नागरिकका माग र समस्या सम्बोधन गर्न जरुरी रहेकाले वडाका २७ वटै टोल विकास समितिमा पुग्ने गरी आफूले कार्यक्रम तयार गरेको उनले बताए ।
नागरिकको आर्थिक अवस्था सुधार गर्ने आफ्नो प्रमुख एजेण्डा रहेकाले विशेषगरी कृषि उत्पादनमा वडालाई जोड दिने गरी कायक्रमहरु भइरहेको उनले बताए । युवा पुस्ताको माग र अग्रज नागरिकको अनुभवबाट वडाको आर्थिक सामाजिक सास्कृतिक तथा पूर्वाधार विकासको काम अघि बढाउने उनले बताए । घरघर पुग्ने क्रममा नागरिकहरुको सकारात्क सद्भाव प्राप्त भइरहेको उनको भनाई छ ।

















