हेटौडा । हेटौंडा–१५, चुरियामाई मन्दिर पुर्व पश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा चालक सहित १६ जना घाईते र १ जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान ९ः१५ बजे बिरगंजबाट पोखराको लागी आउँदै गरेको यात्रु बाहक ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टी दुर्घटना भएको हो ।
बसमा १८ यात्रु सवार थिए। घाइतेहरुको उद्धार गरि उपचारको लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बारा जिल्ला पर्सैनि-३ की ९ वर्षीय जोनीशा कुमारी ठाकुर (टाउकोमा चोट) को अबस्था गम्भिर रहेको जनाइएको छ।
यस्तै, बारा जिल्ला कलैया-२३ का ३२वर्षीय सुरेन्द्र शर्मा (शरिरको बिभिन्न भागमा चोट), भारत हाजियापुरका ४१ वर्षीय रन्जन कुमार शिङ (शरिरको बिभिन्न भागमा चोट), पर्साकी १७ वर्षीय रमिता चौधरी (टाउकोमा चोट), पर्साकी ३ वर्षीय निकिता चौधरी (शरिरको बिभिन्न भागमा चोट), पर्साकी ११ वर्षीय अमिता चौधरी (शरिरको बिभिन्न भागमा चोट), बारा जिल्ला कलैया-३ का अलोक ठाकुरकी १८ महिने छोरी (शरिरको बिभिन्न भागमा चोट), पर्साकी वर्ष २८ वर्षीय अन्जु ठाकुर (शरिरको बिभिन्न भागमा चोट), पर्साकी १८ वर्षीय रन्जना ठाकुर (शरिरको बिभिन्न भागमा चोट), चितवन जिल्ला भरतपुर-९ का ४ वर्षीय बद्रि प्रसाद पैडेल (शरिरको बिभिन्न भागमा चोट), भारतका २४ वर्षीय इन्जमान खान (टाउकोमा चोट), भारतकै २३ वर्षीय आर्यव खान (निधारमा चोट), कैलाली- ३ कि ३५ वर्षीय सिमा चौधरी (शरिरको बिभिन्न भागमा चोट), बारा जिल्ला पर्सैन-३ की ७ वर्षीय जेस्मी ठाकुर (नाक र टाउकोमा चोट),स्याङजाका ५२ वर्षीय भिम ब.रेग्मी (टाउकोमा चोट), बारा जिला पर्सैनिका शुनिल ठाकुरकी छोरी ५ वर्षीय रिया ठाकुर)र भारत बिहार पट्नाकी २५ वर्षीय अल्कामा युसुफ (घाटीमा चोट) लगायतका घाइते भएका हुन्।

















