हेटौंडामा मनाइयो डीएलए मकवानपुरको वार्षिक उत्सव

हेटौंडा। लोकतन्त्रवादी कानुन व्यवसायीहरुको साझा संस्था डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) को ३५ औं वार्षिक उत्सव हेटौंडामा मनाइएको छ । डीएलए जिल्ला अध्यक्ष अधिवक्ता कृष्ण प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा डीएलए केन्द्रका पुर्वबरिष्ठ उपाध्यक्ष तथा बरिस्ठ अधिवक्ता केशव प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियोे ।

प्रमुख अतिथी काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पुर्ण मानिसको न्याय निष्पक्ष तरिकाले गर्नु नै डीएलएको मुल उदेश्य रहेको बताए । उहाँले डीएलए , आरपिएलए , पीपिएलए , एसपिएलए , जिल्ला बार एसोसिएसन कानुन ब्यवसायीहरुको संस्था हो , अधिवक्ताहरुले प्रभावमा नआइ न्याय दिलाउने काम गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा डीएलए बागमती प्रदेश सदस्य अधिवक्ता सुवासचन्द्र अधिकारी , उच्च अदालत बार एशोसियसनका उपाध्यक्ष अधिवक्ता हरि प्रसाद भट्ट , तत्कालीन पुनरावेदन बार एशोसियसनका अध्यक्ष अधिवक्ता केशव प्रसाद गौतम , मकवानपुर जिल्ला बार एशोसियसनका पुर्व अध्यक्ष अज्मिर केसी , डीएलए मकवानपुर जिल्ला उपाध्यक्ष मोहन प्रसाद भट्टराई, सचीव श्रद्धा ढुङ्गाना, अधिवक्ता आरके मैनाली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.