मकवानपुर । मनहरी –६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार वन समुहका अध्यक्ष डम्बर बहादुर मुक्तानको सभाध्यक्षता तथा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा वन समुहका कोषाध्यक्ष समर बहादुर गोलेले आर्थिक वर्ष २०८०÷२०८१ को ३ करोड ३४ लाख ३१ हजार २ सय ५७ रुपियाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेका थिए भने समुहका अध्यक्ष डम्बर बहादुर मुक्तान आर्थिक वर्ष २०८१÷२०८२ को लागि ३ करोड बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । वन संरक्षणमा नेपालकै उत्कृष्ट वनहरुमा पर्ने उक्त सामुदायिक वनले गत आर्थिक वर्ष गरिवी निवारण, सामाजिक विकास , स्थानिय बिद्यालयहरुलाई आर्थिक सहयोग, विद्युत बिस्तार, बाटो घाटो निर्माण तथा खाने पानी विस्तार लगायतका सामाजिक गतिविधि गरेका थिए ।
त्यसै गरि वन संरक्षण तर्फ डढेलो नियन्त्रणमा सबैभन्दा उत्कृष्ट कार्य गरको थियो । कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष तथा प्रमुख आतिथि मगरले सामुदायिक वनहरुले वन क्षेत्रमा रहेको बिभिन्न जाटिबुटी तथा अन्य बस्तुहरुको पहिचान गरि उपभोक्ताहरुलाई अर्थोपार्जन गरि आल्त्म निर्भर बन्न जोड दिनुपर्ने बताइन् । पहिचान गर्न नसकेका कारण जंगलमा बिभिन्न बहुमुल्य जटिबुटीहरु खेर गइरहेकाले बिज्ञहरुको सहयोगमा जटिबुटीको पहिचान गरि संकलन गरेमा उपभोक्ता लाभान्वित हुने बताइन्।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं. ६ का अध्यक्ष युवराज थपलिया , सुनाचुरी सामुदायिक वन उपभोक्ता समुहका सचिव रमेश कार्की, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष तथा पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रघु नाथ रुम्ब, मनकामना सामुदायिक वन उपभोक्ता समुह मनहरी –७ का अध्यक्ष शुरेश कुमार मोक्तान , रमन्टार डिपाड बचत तथा ऋण शहकारी संस्थाका अध्यक्ष उमेश मुक्तान , सामाजसेवी , आश मान मोक्तान, हरिचन्द्र शाही ठकुरी, क्षेत्र बहादुर मोक्तान लगायतकाको उपतिथी रहेको थियो ।

















