हेटौंडा–१२ उपनिर्वाचन: २ जनाले लिए उम्मेदवारी फिर्ता, १ जनाको समर्थन माओवादी केन्द्रलाई

मकवानपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मध्ये २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

वडा नं. १२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका १४ जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् ।  दुई जनाको उम्मेदवारी फिर्तासंगै अब उक्त वडाको वडाअध्यक्ष पदमा १२ जनाको उम्मेदवारी रहेको छ ।

उम्मेदवारी फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तान र कुमार पोखरेल रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी फिर्ता लिए पश्चात युनेश लामा स्याङ्तानले पत्रकार सम्मेलन मार्फत प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रबिकुमार प्रधान (रविन)लाई समर्थन गर्ने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.