हेटौंडा । लमजुङ जिल्लामा सम्पन्न प्रथम मेयर कप मध्यनेपाल राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा मकवानपुरे टोली तेस्रो भएको छ ।
मकवानपुरबाट इच्छा बिष्टले दोहोरो स्वर्ण पदक प्राप्त गरिन् भने आरुषी पराजुली र आरुस थापा ले एक÷एक स्वर्ण र एक÷एक कास्य पदक प्राप्त गरे । प्रतियोगितामा सहभागी आदित्या ढकाल, प्रिन्सप ढकाल र सौगात डिमडुङले स्वर्ण पदक प्राप्त गरे ।
मकवानपुरे खेलाडी श्रीयान्सी पोख्रेलले रजत पदक प्राप्त गर्दा समृद्ध भण्डारी, प्रतीक तिमल्सिना, आर्यन चौधरी, सागर डिमडुङ, जिदान बानियाँ, आशिष घिसिङ र निकूस त्रिपाठीले रजत पदक प्राप्त गर्न सफल भए ।
लमजुङ जिल्लाको भोर्लेटारमा आयोजना भएको यस राष्ट्रिय प्रतियोगितामा काठमाडौं प्रथम ररुपन्देही जिल्लाले दोश्रो स्थान रहन् सफल भएको थियो । मकवानपुर तेस्रो स्थानमा रहँदा चन्द्रागिरी टोली चौथो भएको थियो ।
१९ टीमको ४ सय ३४ जना खेलाडी सहभागी रहेको यस प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशको अध्यक्ष खड्गबहादुर गुरुङ र सचिव तेज कु“वरको प्रतियोगिता आयोजनामा विशेष सहयोग रहेको थियो ।
प्रतियोगितामा सहभागि हुन हेटौंडा उपमहानगरपालिकाले मकवानपुरे टोलीलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

















