हेटौंडा । रसुवामा आएको बाढीका क्रममा मकवानपुरका एक युवक बेपत्ता भएका छन्।
थाहा नगरपालिका–५ का ३० वर्षीय कृश थिङ (कृष्ण) बाढीपछि सम्पर्कविहीन भएका थिए। बाढीपछि परिवारले उनको खोजी गरिरहेको भए पनि हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको परिवार स्रोतले जानकारी दिएको छ।
कृशको सकुशल उद्धारका लागि खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन परिवारले सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सबैसँग आग्रह गरेको छ।
बेपत्ता कृशबारे कुनै जानकारी प्राप्त भएमा ९८५५०७७६७५ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ। त्यस्तै, परिवारका सदस्यहरूको ९८६२४२६२६८ र ९८६३८६४५९६ नम्बरमा समेत खबर गर्न आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस्














