आश्मान गोपाली मृत्यु प्रकरण : ८ जनामाथि प्रहरीको अनुसन्धान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आइतबार फेला परेका आश्मान गोपालीको मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अगाडी बढाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नियन्त्रणमा लिइएकाहरूमा मकवानपुरको कैलाश गाउँपालिका–९ बस्ने २२ वर्षीया पार्वती ब्लोन, मकवानपुरकै मनहरी गाउँपालिका–३ बस्ने ३४ वर्षीया राममाया थिङ, ललितपुरको गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीया आशिका लामा, उदयपुरको बेलटार नगरपालिका–७ बस्ने ३२ वर्षीया मनिषा दाहाल रहेका छन्।

यस्तै मकवानपुरको बकैया गाउँपालिका–५ बस्ने ४० वर्षीय कमान सिंह माझी, हेटौंडा उपमहानगरपालिका–१७ बस्ने २४ वर्षीय रबिन प्रजा, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ बस्ने २२ वर्षीया बिनिशा तामाङ उर्फ मोनिका थिङ तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्ने ३३ वर्षीया निरु तामाङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

घटनाको वास्तविकता पत्ता लगाउन ती व्यक्तिहरूमाथि विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल वरपर रगत देखिएपछि प्रहरीले अनुसन्धान तिव्र पारेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.