जेन्जी आन्दोलनमा कारागारबाट फरार कैदी हेटौंडाबाट पक्राउ

हेटौंडा । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ।

सहकारी ठगी मुद्दामा कैद भई कारागारमा रहेका काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–५ घर भएका सिबी लामा भन्ने चन्द्रबहादुर तामाङलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनलाई खोजतलासकै क्रममा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय भिमफेदी पठाइएको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.