मकवानपुरमा राहदानीको अनलाइन सेवा अस्थायी रुपमा स्थगित

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानीसम्बन्धी अनलाइन फाराम इन्ट्री सेवा अस्थायी रूपमा स्थगित गरेको छ। राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया सुरु गरे पनि हाल उक्त प्रणाली प्रारम्भिक चरणमै रहेकाले प्राविधिक समस्या देखिएको कार्यालयले जानकारी दिएको छ।

मंगलबार जारी गरिएको सूचनाअनुसार प्राविधिक कठिनाइका कारण कार्यालयबाट गरिने अनलाइन फाराम इन्ट्री कार्य केही समयका लागि रोकिएको हो। अर्को सूचना जारी नभएसम्म सेवा स्थगित रहने उल्लेख गरिएको छ।

कार्यालयले सेवाग्राहीलाई आवश्यक परे वैकल्पिक व्यवस्था अपनाउन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.