‘जीवनको गोरेटो’ विमोचन एवम् विमर्श कार्यक्रम सम्पन्न

हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपालको ४२ ओैँ मासिक शृङ्खलाको अवसरमा चौतारीकी बागमती प्रदेश सदस्य सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ कृतिको विमोचन एवम् विमर्श कार्यक्रम आज हेटौँडामा सम्पन्न भएको छ ।

अमर मावि हेटौँडामा कक्षा ९ मा अध्ययनरत १४ वर्षिया सुमिको पहिलो कृतिको रूपमा मुक्तक सङ्ग्रह प्रकाशनमा ल्याइएको हो । चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल तथा देवराज खरेलको विशिष्ट आतिथ्य रहेको थियो ।

कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए भने नवसर्जकहरू रोज कार्की, नम्रता पराजुलीले कृतिभित्रका प्रतिनिधि रचना वाचन गरेका थिए । नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार एवम् अमर माविका सहायक प्रअको डि।बी। बर्तौलाको सम्पादनमा विमोचित मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको हो ।

कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकार डि.बी. बर्तौला, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चौतारीकी उपमहासचिव रचना भण्डारीको सहजीकरण तथा कोषाध्यक्ष प्रविना प्रयासीको स्वागत मन्तव्यका साथ सम्पन्न कार्यक्रममा कृतिकारकी आमा सुमित्रा थिङ, उनका आफन्तजनलगायत हेटौँडा तथा आसपासका क्षेत्रबाट ६० भन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरू उपस्थिति रहेको थियो ।

नवसर्जक चौतारीले देशभरका २५ वर्षमुनिका नवसर्जकको नेतृत्वमा पठन तथा लेखन संस्कृतिको विकास गर्दै आएको छ भने नवसर्जकका कृति प्रकाशन गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.