तामाङ सेलो ‘वाला वाला ग्राम्बा’ को रिमेक सार्वजनिक (भिडियो सहित)

हेटौंडा । तामाङ सेलो ‘वाला वाला ग्राम्बा’ गीतको रिमेक भर्सन शुक्रबार सार्वजनिक भएको छ। बुद्धलिङ मिडिया प्रोडक्सनद्वारा निर्मित उक्त आधिकारिक म्यूजिक भिडियो युट्युबमा प्रिमियर भएको ६ घण्टामै ३ हजारभन्दा बढी दर्शकले हेरेका छन्।

चन्द्रकुमार डोङको एल्बममा समावेश मूल गीतलाई यसपटक आधुनिक रूप दिने प्रयास गरिएको छ। गीतमा प्रकाश तामाङ तितुङ, युद्ध लामा, विक्रम लुङ्बा र सुमिना लोको स्वर समावेश छ। मूल गीतका गीत-संगीतकार चन्द्रकुमार दोङकै शब्द-संगीतलाई कर्साङ लामाले पुनः एरेञ्ज गरेका छन्। फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको सो गितको मिक्सिङ र मास्टरिङ सानुबाबु घिसिङले गरेका हुन् ।

यस्तै भिडियोतर्फ, आकांक्षा तामाङ, प्रकाश तामाङ तितुङ, युद्ध लामा र विक्रम लुङ्बाको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन्। पोस्ट प्रोडक्सन Jal Rapti Music Pvt. Ltd ले गरेको छ भने एडिट, कलर ग्रेडिङ र पोस्टर डिजाइन अनिल बिष्ट प्युरहानिले गरेका छन्।

भिडियोलाई युद्ध लामाले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। भिडियोमा विशेष योगदान पुर्‍याउनेमध्ये कुइसाङ रुम्बा, साबिना श्रेष्ठ, सुमन घले, आश्मान लोप्चन, लक्ष्मी स्याङ्तान, राज किङ वाईबा, होटल ग्रेटवाल सैलुङ, मनबहादुर केसी, मन गाउँ सैलुङ र सेवा फिल्म्स (बाबु जिम्बा) लाई धन्यवाद दिइएको छ।

रिमेक भर्सनले परम्परागत तामाङ सेलोको स्वादलाई आधुनिक प्रस्तुतीकरणमा जोडेर नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्य राखिएको छ। भिडियो सार्वजनिक भएपछि दर्शकले सामाजिक सञ्जालमा गीतको एरेञ्जमेन्ट, निर्देशन र कलाकारको प्रदर्शनको प्रशंसा गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.