एलिना चौहान र ‘आलु दाइ’को तीज गीत सार्वजनिक

हेटौंडा । चर्चित गायिका एलिना चौहान र हेटौंडा–१५ निवासी ‘आलु दाइ’ (इन्द्रमान आत्मा) को नयाँ तीज गीत सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत युट्युबमार्फत रिलिज भएको हो।

गीत सार्वजनिक भएलगत्तै दर्शकहरूको सकारात्मक प्रतिक्रिया आइरहेको छ। सामाजिक सन्देश र हास्य प्रस्तुतिका कारण लोकप्रियता कमाएका ‘आलु दाइ’ का अनुसार गीतमा सन्देशमूलक कथा प्रस्तुत गरिएको छ, जसलाई हरेक नेपालीले एक पटक अवश्य हेर्नुपर्ने उनले बताएका छन्।

गीतमा शब्द, रचना र संगीत आलु दाइकै रहेको छ भने स्वरमा उनीसँगै चर्चित गायिका एलिना चौहानले साथ दिएकी छन्। यसअघि ‘आलु हरायो’, ‘ए सरकार रोजगार दे’, ‘तिम्रो बुढो विदेशमा हो’, ‘मेरो पारा’, ‘ए ल ल’ लगायतका गीतमार्फत अपार सफलता हासिल गरिसकेका आलु दाइले यस तीज गीतबाट पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरेका छन्।

👉 गीत युट्युबमा हेर्न सकिन्छ :

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.