हेटौंडा । मकवानपुरे सेलो गायक बिरु घलान र चर्चित सेलो गायिका सुमिना लोको सुमधुर स्वरमा सजिएको तामाङ सेलो गीत ‘माया प्रीति’ को म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।
साम्तेन मोक्तानको शब्द, संगीत तथा प्रस्तुति रहेको यो गीत मंगलबार दिउँसो ४ बजे साम्तेन मोक्तान युट्युब च्यानलमार्फत रिलिज गरिँदैछ।
गीतको एरेञ्ज तथा मिक्सिङ्ग सानुबाबु घिसिङले गरेका छन् भने भिडियोमा आशिष लामा र सञ्जना गुरुङको प्रमुख अभिनय देख्न पाइनेछ। भिडियोको निर्देशन तथा कोरियोग्राफी लाक्पा दोर्जे तामाङले गरेका हुन्।
भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अनिशा नानु र रङ संयोजन अनिल बिष्ट प्यूठानले गरेका छन्।
गीत निर्माणमा विशेष सहयोग पुर्याउनेमा माया घलान, राजकुमार आले मगर, अश्मिता लोप्चन, सुजन घलान, दिपा दोङ, रेकी श्रेष्ठ, कविराज घिसिङ, विशाल आले मगर, अमर तामाङ र चण्डिका घलान रहेका छन्।
सर्जक साम्तेन मोक्तानले दर्शक–श्रोताबाट यो गीतले माया र समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।
गायक घलानले यसअघि ‘तामाङको छोरो’, ‘चोखो माया’ र ‘सल्लाहले मान्छौ कि’ लगायत आधा दर्जनभन्दा बढी चर्चित सेलो गीतमा स्वर दिइसकेका छन्। आफ्ना ती गीतहरूले दर्शक–श्रोताको मन जित्न सफल भएका कारण उनले फेरि नयाँ सेलो गीत ल्याएको बताएका छन्।
















