जेनिथ सेकेन्डरी स्कुलको आधिकारिक गित सार्वजनिक (अडियो सहित)

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाको पिप्लेमा रहेको जेनिथ सेकेन्डरी स्कुलले आफ्नो आधिकारिक गित सार्वजनिक गरेको छ । सोमबार स्कुलले विद्याकी देवी सरस्वती माताको पुजाको दिनको अवसरमा सो गित सार्वजनिक गरेको हो ।

स्कुलका संगीत शिक्षक आकाश कुमार खड्काको सब्द र सङ्गीतमा बनेको गितमा शिक्षक खड्का र रबिन मानन्धरले स्वर दिएका छन् । यस्तै, गितमा विद्यार्थीहरु स्वस्ती त्रीताल, प्राप्ती पुरी, सुजिता श्रेष्ठ, रेज्ली बल, उसन राई र इराज पौडेलले समेत स्वर दिएका छन् ।

एनिस तामाङको साउन्ड अरेन्जिङ र मिक्सिङ/मास्टरिङमा तयार भएको सो गितको अडियो हेटौंडा ११ डाङ्डुङेमा रहेको ग्रेस प्रोडक्सन स्टुडियोमा रेकर्ड गरिएको बताइएको छ । सो गितको अडियोलाई स्कुलको आधिकारिक फेसबूक पेज ‘Zenith secondary school’ बाट सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.