हेटौंडा । आगामी दसैँ पर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
जारी सूचनाअनुसार भदौं २९ गतेदेखि असोज १० गतेसम्म देशभरका तोकिएका वाणिज्य बैंक, विकास बैंक र केही वित्तीय संस्थामार्फत सर्वसाधारणले सुकिला नोट सटही सुविधा पाउनेछन् ।
यस वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छ। नोट सटही गर्दा व्यक्तिले अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म सुकिला नोट लिन पाउनेछन् ।
उक्त सेवा वाणिज्य बैंकका शाखामार्फत् सेवा उपलब्ध हुनेछ भने प्रदेशगत रूपमा नेपाल राष्ट्र बैंकका सबै कार्यालयहरूबाट समेत सटही गर्न सकिनेछ । साथै विराटनगर, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका प्रमुख शहरमा रहेका बैंकका शाखा कार्यालयबाट पनि सेवा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
















