बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन

हेटौँडा । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेशमा विभिन्न शीर्षकबाट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालका अनुसार, यो लक्ष्यको ९४ दशमलव १२ प्रतिशत हुन आउछ । प्रदेश सरकारले आव २०८१–०८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट राजस्व सङ्कलन गरिएको हो ।

प्रदेश सरकारले उक्त आवमा राजस्व बाँडफाँटबाट २४ अर्ब ५३ करोड ४० लाख ३० हजार, प्रदेश सरकारको आन्तरिक स्रोतबाट तीन अर्ब ८१ करोड ५८ लाख २१ हजार, सङ्घीय सरकारबाट ११ अर्ब ९६ करोड ८७ लाख ७३ हजार अनुदान प्राप्त भएको उनले बताए ।

उनका अनुसार, गत आव २०८०–०८१ मा बागमती प्रदेशमा ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८०–०८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.