मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट गाउँसभाले स्वीकृत गरेको छ ।
पालिकाको आज बसेको १२ औं गाउँसभाको तेस्रो बैठकले आगामी आर्थिक वर्षको लागि ल्याएको ७४ करोड ५ लाख ५४ हजार रुपैयाँको बजेट स्वीकृत गरेको हो ।
गत असार १० गते बसेको पालिकाको १२ औँ गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रीन वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।
पालिकाले चालू खर्चतर्फ ४० करोड ७० लाख ६६ हजार रुपैयाँ र पुजिगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
बजेटका स्रोतहरुमा संघीय सरकारबाट ४३ करोड ६१ लाख, प्रदेश सरकारबाट ९ करोड ४ लाख ३ हजार रुपैयाँ अनुदान र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्


















