बकैयाले ९१ करोडभन्दा बढीको बजेट सार्वजनिक गर्यो

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको ११ औं गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

यो बजेट अघिल्लो वर्षको तुलनामा १ करोड ८७ लाख रुपैयाँ कम हो । गाउँपालिकाले कृषि, पशुपालन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ।

गाउँपालिकाले पूँजीगततर्फ २८ करोड ६ लाख रुपैयाँ र चालु खर्चतर्फ ६३ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै, आन्तरिक आम्दानीबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, संघीय सरकार तथा अन्य निकायमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.