भीमफेदी गाउँपालिकाको ९० करोडको बजेट सार्वजनिक

मकवानपुर ।  मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ९० करोड ६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँसभा बैठकमा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

गएको वर्षको तुलनामा यस वर्षको बजेटमा करिब ५ करोड रुपैयाँको वृद्धि गरिएको हो। अघिल्लो वर्ष गाउँपालिकाले ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट ल्याएको थियो।

सभामा बोल्दै पालिका अध्यक्ष हिदम लामाले प्रस्तुत नीति तथा कार्यक्रमले समग्र भीमफेदी गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

बजेटमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग, विकास परियोजनाको गुणस्तर सुधार, र सामाजिक समावेशिता सुनिश्चित गर्ने नीति अवलम्बन गरिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.