राक्सिराङ गाउँपालिकाको ६३ करोड ५२ लाखको बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले मंगलबार गाउँ सभामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत गरेको बजेट विवरण अनुसार, चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ (कुल बजेटको ७६ दशमलव ४ प्रतिशत) र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ (२३ दशमलव ६ प्रतिशन) विनियोजन गरिएको छ।

अघिल्लो वर्षको तुलनामा यो बजेट करिब १६ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो। चालु खर्चको हिस्सा बढ्दै जाँदा पूँजीगत खर्चको अनुपात अघिल्लो वर्षको तुलनामा घटेको छ।

वित्तीय स्रोततर्फ हेर्दा संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार रुपैयाँ र आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.