गण्डकी प्रदेश सरकारले ल्यायो झण्डै ३२ अर्बको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि झण्डै ३२ अर्बको बजेट ल्याएको छ । प्रदेश सरकारले कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको हो ।

प्रदेश सरकारले चालु खर्चतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ अर्थात ३९ दशमलव ५ प्रतिशत, पूँजीगत खर्चतर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ अर्थात ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ अर्थात ० दशमलव ८ प्रतिशत विनियोजन गरेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा प्रदेशले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ तथा सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

यस्तै, समपूरक अनुदान ६३ करोड ९७ लाख र विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ र आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ संकलन हुने विश्वास गरिएको छ ।

यसैगरी, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात करिब २ अर्ब २४ करोड ५० लाख ९४ हजार रुपैयाँ नगद मौज्दात बचत हुने र आवश्यक परेमा १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति गर्ने योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.