हेटौंडामा मनाईयो ५३ औं विश्व वातावरण दिवस

हेटौंडा बागमती प्रदेशको राजधानी हेटौंडामा ५३ औं विश्व वातावरण दिवस मनाईएको छ । बिहिवार टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको सभाध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले नेपालको हिमालयहरु कालो हुँदै गएकोमा चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनको कारण तापक्रम बढ्दा हिमालहरु कालो हुँदै गएको उनको भनाई छ । मन्त्री सिलवालले तटीय क्षेत्रमा बसोबास गर्नेहरु समेत जलवायु परिवर्तनको चपेटामा परेको जिकिर गरे । नेपालीहरुले खाँदै नखाएको विष भोग्नुपरेको उनको धारणा छ । विश्व समुदायको सामु हरेक नेपालीहरुले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नको लागि आवाज उठाउनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले मानव समुदायको गतिविधि वातावरणमैत्री हुनुपर्ने बताए । उनले कर्रा खोलाको फोहारलाई व्यवस्थापन गरी पर्यटकीय स्थल बनाउनपर्ने बताए । ८ वर्षअघि सुरु गरेको ट्रिटमेन्ट प्लान्ट छिटो सम्पन्न गर्न पनि उनले उपमहानगरपालिकालाई आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले विकसित हुँदै गएको हेटौंडा शहरलाई नमुना शहर बनाउनुपर्ने बताईन् । संविधानमै सहअस्तित्व, समन्वय र सहकार्यको व्यवस्था भएकोले प्रदेश राजधानीलाई व्यवस्थित बनाउन प्रदेश सरकारसंग सहकार्य गर्न उपमहानगर तयार भएको समेत उनले बताईन् ।

कार्यक्रममा नगरको वातावरण संरक्षण तथा सरसफाईमा योगदान पु¥याएको भन्दै ७ जनालाई सम्मान गरिएको थियो । त्यसैगरी सप्ताहव्यापी रुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

त्यसअघि हेटौंडाका १९ वटै वडाहरुमा रहेका ३ सय ७६ टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा ¥याली निकालेका थिए । ‘प्लास्टिक प्रदुषण न्युनिकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ हुप्राचौरबाट सुरु भएको ¥याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोक हुँदै रोयल पार्टी प्यालेसमा गएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.