लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा दिने बागमती सरकारको निर्णय

हेटौंडा बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही फागुन २० मा मनाउन लागिएको उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकले दुई कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने समेत निर्णय गरेको छ । संघीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई पदस्थापन गर्ने निर्णय गरिएको छ भने प्रदेशका सिनियर डिभिजनल इञ्जिनियर नवीन सिंहलाई ११औँ तह (सचिव)मा बढुवा गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.