हेटौंडा । मकवानपुर प्रहरीले ९ ग्राम ७५० मिलीग्राम अवैध लागूऔषध खैरोहिरोइन सहित हेटौंडाबाट २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा काठमाण्डौको चन्द्रागिरी नगरपालिका ५ वनस्थली बस्ने २६ वर्षका प्रशान्त घले र मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका १ कुलेखानी बस्ने ३४ वर्षका सुदिप थापा मगर रहेका छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४२ प ८३१७ नम्बरको मोटरसाइकल चेकिङको क्रममा लागूऔषध खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकाको आधारमा मोटरसाइकल तथा सवार व्यक्तिहरुको खानतलासी गर्ने क्रममा सुदिप थापा मगरले बोकेको झोलाभित्र सेतो चार्जरमा लुकाएर ल्याएको अवस्थाको ९ ग्राम ७५० मिलीग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता अर्यालले जानकारी दिए ।

















