नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

हेटौंडा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन हुँदा सचिवमा गोपीरमण प्याकुरेल निर्वाचित भएका छन् । संगठनको कोषाध्यक्षमा भावना सापकोटा निर्विरोध भएका छन् ।  अधिवेशनले सह–सचिवमा सविता लामिछाने र सह–कोषाध्यक्षमा दिपेश लामा चयन भएका छन् ।

सदस्यहरुमा सविता तिमल्सिना, भरत पोखरेल,सरोज फुयाल, इश्वर आले, रत्नबहादुर स्याङ्तान,गिता पौडेल, लालुमाया रुम्बा,सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गिताकुमारी न्यौपाने, हरिहर खनाल लगाएत चयन भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.