सही सूचनाबाट सुशासनको परिकल्पना गर्न सकिन्छ: मन्त्री लामिछाने

हेटौँडा । सही सुचनाको आधारमा मात्रै सुशासनको परिकल्पना गर्न सकिने आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताएका छन् । उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्दा मात्र नागरिकले सुशासनको प्रत्याभुति गर्न सक्ने बताउँदै, यसमा सरकारको जिम्मेवारीको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरेका हुन् ।

मन्त्री लामिछानेले बागमती प्रदेश सूचना पुनरावेदन समिति द्वारा आयोजित सुचनाको हक प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मंगलबार हेटौंडामा बोल्दै सूचनाको अभावलाई निरङकुशता र प्रशासनिक कमजोरीको रूपमा व्याख्या गरे। संघीयताको कार्यान्वयनपछि प्रादेशिक स्तरमा सुचना हक सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनले जोड दिए।

मन्त्री लामिछानेले निष्पक्ष र पारदर्शी सूचनाले लोकतन्त्रको सुदृढीकरणमा ठूलो योगदान पुर्याउने बताए। उनले भने, ूलोकतन्त्रको बलियो आधार पारदर्शिता र सुशासन हो, र सूचनाले यसमा महत्वपूर्ण भूमिका निभाउँछ। साथै, सूचनालाई अक्सिजनको रूपमा समेत परिभाषित गर्दै नागरिकको प्रत्यक्ष सरोकारका विषयमा समयमै सही सूचना प्रवाह गर्न आवश्यक भएको बताए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी उपसचिव मनुका घिमिरेले सूचनाको हक र सूचना अधिकारी सम्बन्धी कानूनी व्यवस्थाको बारेमा प्रस्तुतीकरण दिइन्। प्रदेश सूचना पुनरावेदन समिति अध्यक्ष हरि अधिकारीले समितिको भूमिकाबारे जानकारी प्रस्तुत गरे।

कार्यक्रममा उपस्थित सहभागीहरूले सरकारी निकायबाट समयमै सूचना प्राप्त नगर्ने गुनासो व्यक्त गरे। कार्यक्रममा प्रदेशका सूचना अधिकारी, मकवानपुरका स्थानीय तहका सूचना अधिकारी, हेटौडा उपमहानगरपालिकाका वडा सचिव र सञ्चारकर्मी लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.