हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। २१ औँ नगरसभामा उपप्रमुख भरत गोपालीले बजेट प्रस्तुत गरेका हुन्। नगर प्रमुख विष्णुबहादुर विष्टले निर्णयार्थ पेश गरेको बजेट तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत पारित भएको छ।
बजेटअनुसार संघीय सरकारबाट ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ र प्रदेश सरकारबाट १२ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने बाँकी रकम आन्तरिक राजस्व तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने जनाइएको छ।
आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको उपप्रमुख गोपालीले बताए।
प्रतिकृया दिनुहोस्















