भीमफेदीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २९३ जनाले लिए सेवा

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ४ स्थित निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्वर ४ को वडा सिलिङ्ग बजेटको सहयोग र निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

हर्ट फाउन्डेसन मकवानपुरको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा चितवन मेडिकल कलेज का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज कुमार श्रेष्ठ लगायतको टोलीले बिरामीहरूको परीक्षण गरेको थियो ।

शिविरमा २९३ जनाले स्वास्थ्य सेवा लिएका थिए । परीक्षणका क्रममा ५ जनामा मुटुको गम्भीर समस्या देखिएको छ । जसमध्ये एक जनालाई तत्काल शल्यक्रियाका लागि अस्पताल बोलाइएको छ।

यस्तै, महिलाहरूको भी.आई.ए. परीक्षण गर्दा ४ जना महिलामा पहिलो चरणको पाठेघरको क्यान्सर लक्षण देखिएको छ । साथै शिविरमा ५४ जनाले दाँतसम्बन्धी उपचार तथा परामर्श प्राप्त गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सागर पाण्डेले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन वडाको बजेट मार्फत् यो कार्यक्रम आयोजना गरिएको बताए । उनले रोगको समयमै पहिचान गरी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क जाँच, सुगर, प्रेसर र परामर्श सेवा पाएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.