भूमि अधिकार वडा कमिटी गठन, अध्यक्षमा जिम्बा

हेटौँडा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको हेटौँडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी गठन गरिएको छ । नगरको वडा कमिटी भेलाबाट विजय जिम्बाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा सुकुमाया जिम्बा, सचिवमा शर्मिला घिमिरे, सह–सचिवमा रितु नगरकोटी, कोषाध्यक्षमा सबिना घलान चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः दिलकुमारी बिश्वकर्मा, प्रकाश जिम्बा, पार्वती बिश्वकर्मा, आशमान स्यांतान, पदमबहादुर बिश्वकर्मा, सन्तकुमार बिश्वकर्मा, निर्माया सुनार, प्रेमबहादुर घिसिङ चयन भएका छन् ।

मञ्च नगर अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेको सभाध्यक्षता तथा हेटौँडा–१३ का वडा सदस्य सानुमाया नेपालीको प्रमुख आतिथ्यता सम्पन्न भेला जिल्ला मञ्च सह–सचिव रुक्मिणी तिमल्सिनाको संयोजकत्वमा भएको हो । जिल्ला मञ्चका अध्यक्ष देवकृष्ण थोकरको विशेष आतिथ्यतामा भएको भेलामा मञ्च जिल्ला सचिव लक्ष्मणबहादुर निरौला, हेटौँडा–११ नम्बर वडामञ्च दलित कमिटी अध्यक्ष लक्ष्मी सेञ्चुरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.