हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको २६ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटाँैडा – ५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष रामहरि चौँलागाईको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा समूहका अध्यक्ष चौँलागाईले प्रगति तथा आर्थिक वर्ष २०८२/०८३ को लागि १ करोड २९ लाख ४२ हजार ८९२ को अनुमानित आय–ब्यय विवरण र कोषाध्यक्ष रिता आचार्यले आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा समूहको विकास र विस्तारमा योगदान गर्ने विभिन्न विद्यामा पुरस्कृत गरिएको थियो । बागमती प्रदेश वन निर्देशनालय वन अधिकृत सविना रिजाल, डिभिजन वन कार्यनलय, मकवानपुरका सव ईन्जिनियर निशान शर्मा, सञ्चारकर्मी श्रीराम अर्जुन, श्रमजिवी महिला हस्तकला संघकी अध्यक्ष विष्णु राई, उत्कृठ कार्यसमिति सदस्य बाल कुमारी अधिकारी, सानु सिंह ठकुरी लगायतकालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा मकवानपुरगढी– ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, हेटौँडा– ५ का वडा सदस्य राम बहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौँलागाई, स्थानीय महासंघ हेटाँैडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, बागमती प्रदेश वन निर्देशनालयका वन अधिकृत टंक नारायण श्रेष्ठ, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत बसन्तराज गौतम, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, बनस्खण्डीदेवी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठ, रानी सामुदायिक वनका उपाध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, समूहका सल्लाहकार केशव श्रेष्ठ, एम बहादुर श्रेष्ठ, समूहका उपाध्यक्ष बद्री प्रसाद लम्साल, सचिव शारदा कुमारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।
२ सय ९ हेक्टर क्षेत्रफलमा फैलिएको यश सामुदायिक वनमा १ हजार ६ सय घरधुरी आवद्व रहेका छन् ।

















