हेटौँडामा पत्रकारितामा प्रविधि, लैङ्गिक संवेदनशीलता र पर्यापर्यटनसम्बन्धी तालिम सम्पन्न

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा पत्रकारितामा प्रविधि, लैङ्गीक सवेदनशीलता र पर्यापर्यटन प्रर्वद्धविषयक एकदिने तालिम सम्पन्न भएको छ । सुनौलो सिसौट नेपालको आयोजना एवम् नेपाल पत्रकार महासघ मकवानपुरको समन्वयमा तालिम सम्पन्न भएको हो ।

इन्टरनेशनल एलोर्टको सहयोगमा भएको तालिममा पत्रकार रुपेश श्रेष्ठ र मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. निमेश निखिल प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । पत्रकार श्रेष्ठले पत्रकारिता प्रविधि, लैंगिक संवेदनशीलताको विषयमा र सहप्रध्यापक निमेशले भाषाको विषयमा प्रशिक्षण दिएका थिए ।

महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहोरा, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाई, मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंह लगायत विभिन्न सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.