चोरी भएको स्कुटरसहित हेटौंडाका श्रेष्ठ पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिरबाट चोरी भएको स्कुटरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–२ बस्ने ६० वर्षीय सुमनलाल श्रेष्ठको नाममा दर्ता भएको ना १८ प ५३३८ नम्बरको स्कुटर मंसिर ३ गते बिहान करिब ५:४० बजे मन्दिर परिसरबाट चोरी भएको थियो।

उक्त घटनामा परेको उजुरीका आधारमा प्रहरीले गरेको अनुसन्धानपछि हेटौंडा–९ बस्ने ३७ वर्षीय रितेश श्रेष्ठलाई स्कुटरसहित फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ परेका उनलाई चोरीसम्बन्धी कसुरमा म्याद अनुमतिसहित थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.