मकवानपुर प्रहरीद्वारा अवैध उत्खनन् रोक्दै स्काभेटर र टिप्पर नियन्त्रण

तस्बिरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१९ मा हुँदै आएको अवैध नदिजन्य पदार्थ उत्खनन् नियन्त्रण गर्ने क्रममा मकवानपुर प्रहरीले एक स्काभेटर र एक टिप्पर नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले अनुगमनका क्रममा बा २ क ५१६६ नम्बरको स्काभेटर र ना ८ ख ८८९७ नम्बरको टिप्पर अवैध उत्खनन् तथा ओसार–पसारमा प्रयोग भइरहेको फेला पारेको हो।

नियन्त्रणमा लिइएका दुवै सवारीसाधन आवश्यक कारबाहीका लागि हेटौडा उप–महानगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तस्बिरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

प्रहरीका अनुसार, सो प्रकरणमा रु.५४ हजार २७३ रूपैयाँ जरिवाना समेत तोकिएको छ। प्रहरीले जिल्लामा अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि अनुगमन अझ सशक्त बनाइने जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.